२०८३, आषाढ १ गते

सोमवार, आषाढ १ गते २०८३

राजनीति छोडेको घोषणा गर्दै गोरखाका वडाध्यक्ष लामा विदेश पलायन

बुधवार , भाद्र ११, २०८२

गोरखा । गोरखा चुमनुब्री गाउँपालिका–६ का वडाध्यक्ष सरोज लामा रोजगारीका लागि विदेशिएका छन् । वडाध्यक्ष लामाले राजनीतिबाट सदाको लागि बिदा भएको घोषणा गर्दै बिदेसिएको बताएका छन् ।

उनले सामाजिक सन्जालमा स्टाटस लेख्दै आफूले इमान्दारीपूर्वक काम गरेको तर जस नपाएकाले विदेशिएको उल्लेख गरेका छन् ।

‘सकेसम्म सबैको चित्त बुझाउने गरी इमान्दारिताका साथ मेरो क्षमताले भ्याएसम्मको भूमिका र कार्य सम्पादन गरियो तर जति गर्दा पनि कहिले पनि जस नपाउने कामले आफूले गरेको कामबाट मलाई कहिले पनि आत्मसन्तुष्टि भएन । त्यसैले अबदेखि यो राजनीतिबाट सदाको लागि बिदा भएको निर्णयसहितको घोषणा गर्दै जिन्दगीलाई पुनस् एकपटक शून्य अर्थात जिरोबाट सुरुवात गर्न यो युवा पनि परदेश लागियो,’ उनले फेसबुकमा लेखेका छन् ।

लामाले वडा सदस्य ठिन्ले घ्याम्छो लामालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएर रोजगारीका लागि जर्मनी गएको परिवारिक स्रोतले जनाएको छ ।

लामा माओवादी केन्द्रबाट वडाध्यक्ष निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट