काठमाडौं । रौतहटकी रुबीकुमारी साह सुडीको हत्या गरेको आरोप लागेका लक्ष्मण पासवानको मृत्यु भएको छ । उनको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा बुधबार अराह्न मृत्यु भएको हो ।
उनलाई आज बिहान जलेको अवस्थामा रौतहट प्रहरीले प्रकाउ गरेको थियो । अवस्था गम्भीर देखिएपछि उनलाई आजै उपचारका लागि काठमाडौं ल्याइएको थियो ।
रौतहटमा सुटकेशभित्र महिलाको शव भेटिएको घटनाका आरोपी पासवान बुधबार बिहान शरीरमा आगो लगाएको अवस्थामा फेला परेका थिए ।
त्यसअघि पासवानको एक भिडिओ पनि सार्वजनिक भएको थियो । उक्त भिडियोमा उनले रूबीको हत्या आफूले गरेको स्वीकार गरेका थिए ।
गत शनिबार रौतहटको गौर नगरपालिका–९ गौर–सिरसिया सडक खण्डमा शंकास्पद सुटकेश फेला परेको थियो । उक्त सुटकेश खोलेर हेर्दा रौतहटको माधवनारायण नगरपालिका–६ माधवपुर माइती भएकी रूबी साहको शव थियो ।
https://sunaulonepal.com/content/379624/
प्रतिक्रिया दिनुहोस