काठमाडौं । नेपाल शिक्षक महासंघले आज नेकपा एमालेको पार्टी कार्यालयमा धर्ना दिएको छ ।
पहिलो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत आज च्यासलस्थित एमाले पार्टी कार्यालयमा महासंघले धर्ना दिएको हो ।
बुधबार कांग्रेस कार्यालयमा धर्ना दिएको शिक्षक महासंघले शुक्रबार माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिस डाँडामा धर्ना दिने कार्यक्रम रहेको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए ।

प्रतिनिधिसभा र राष्ट्रियसभाबाट विगतमा भएको सहमति अनुसार विधेयक सच्याउन महासंघले माग गरेको छ ।
प्रतिक्रिया दिनुहोस