२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

आशिका तामाङ आपराधिक उपद्रवमा दोषी ठहर, सजाय कति ?

बिहिवार , भाद्र १२, २०८२

काठमाडौं । भक्तपुर जिल्ला अदालतले आशिका तामाङसहित दुई जनालाई आपराधिक उपद्रवमा दोषी ठहर गरेको छ ।

बिहिबार न्यायाधीश विश्वनाथ भट्टराईको इजलासले तामाङ र अर्का प्रतिवादी शरण तिरूवालाई दोषी ठहर गर्दै पाँच दिन कैद सजाय सुनाएको हो ।

त्यस्तै, अदालतले उनीहरुलाई ५ सय रुपैयाँ जरिवाना गराएको छ ।

साथै, जिल्ला अदालतले ८ हजार ३ सय रुपैयाँ पीडितलाई क्षतिपूर्ति र पीडित राहतकोषमा जनही २०० रुपैयाँ भराउने आदेश गरेको छ ।

सूर्यविनायक नगरपालिकाले साँगामा बनाएको झोलुङ्गे पुलमा रकम उठाएको विषयमा आशिका लगायतले अवरोध पुर्‍याएको, स्थानीय पालिकाले राखेको सूचना च्यातेको आरोपमा सूर्यविनायक नगरपालिकाले प्रहरीमा आपराधिक उपद्रव कसुर गरेको भन्दै जाहेरी दिएको थियो ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार