
काठमाडौं। अागामी जेठ १५ नेपाली राष्ट्रिय फुटबल टोलीले इराकसँग मैत्रीपूर्ण फुटबल खेल खेल्ने भएको छ।
इराकको बासरा अन्तराष्ट्रिय रंगशालामा नेपालले इराकसँग मैत्रीपूर्ण खेल खेल्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ।
यसअघि नेपालले अहिलेसम्म इराकसँग ३ पटक खेलिसकेको छ। सबै खेलमा इराक विजयी भएको थियो ।
पछिल्लो पटक नेपाल र इराक २००१ को विश्वकप क्वालिफायरमा खेलेका थिए जसमा इराक ४-२ गोल अन्तरले विजयी भएको थियो ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend