२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

गोंगबुको एक घरबाट चार करोड नगद र दुई किलो सुनसहित एक जना पक्राउ

मंगलवार , भाद्र १७, २०८२

काठमाडौं । प्रहरीले काठमाडौंको गोंगबुबाट चार करोड नगद र दुई किलो सुनसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ७५ वर्षीय गोरखाका विनोद कुमार श्रेष्ठ रहेका छन् ।

प्रहरीले अवैध सुन तथा हुन्डीको रकम रहेको सूचनाका आधारमा गोंगबुस्थित एक घरमा करिब तीन घण्टादेखि छापा मारिरहेको छ । प्रहरीले एक घरमा छापा मारेर नगद र सुनसहित उनलाई पक्राउ गरेको हो ।

श्रेष्ठले गहना धितो राखेर पैसा ब्याजमा लगाउने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख, एआईजी टेकबहादुर तामाङका अनुसार श्रेष्ठले पैसा ब्याजमा लगाउने प्रयोजनकै लागि पैसा थुपारेर राखेको आशंका छ ।

उक्त स्थानमा उपत्यका प्रहरी कार्यालयको विशेष टोलीसँगै काठमाडौँ जिल्ला प्रहरी परिसर र महाराजगञ्ज वृत्तको टोली खटिएको छ ।

श्रेष्ठमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार