२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

अरुणा र अनुजको ‘टाढा नजाउ’ सार्वजनिक

बिहिवार , भाद्र १९, २०८२

काठमाडौं । अनुज लामाको स्वरमा रहेको गीत ‘टाढा नजाउ’ सार्वजनिक भएको छ । अनुजकै संगीत, अरुणा रुम्बाको शब्द रचना, निरोज लामाको एरेञ्ज र किशोर थापाको मिक्सिङ–माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

किरण चापागाईंको निर्देशन रहेको गीतको भिडियोमा पुनम लक्ष्मी मगर र पुकार चापागाईंलाई फिचरिङ गरिएको छ । पंकज महराको छायांकन रहेको गीतको भिडियोमा धिरज अधिकारीको दृश्य सम्पादन एवम् कलर रहेको छ ।

प्रेमिल गीतमा आफूले माया गरेको मान्छेलाई सधै समिपमा रहन टाढा नजान आग्रह गरिएको छ । गीतको भिडियो गीतकार अरुणा रुम्बाको अफिसियल युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो । अरुणा रुम्बा प्रवासमा बसेर गीत, सङ्गीतमा सक्रिय हुनुहुन्छ । उहाँका दर्जन भन्दा वढि गीत श्रोतारदर्शकमाझ आएका छन् ।

https://youtu.be/obpkW-P4z9U

 

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ