२०८३, श्रावण ५ गते

मंगलवार, श्रावण ५ गते २०८३

भदौबाट फ्लोरमा जाँदै ‘मन बिनाको धन–२’, गौरी मल्ल पनि कलाकार टोलीमा

सोमवार , श्रावण ४, २०८३

काठमाडौं। संगीतकार तथा गायक टंक बुढाथोकीको निर्देशनमा निर्माण हुन लागेको नेपाली चलचित्र ‘मन बिनाको धन–२’ मा वरिष्ठ अभिनेत्री गौरी मल्ल अनुबन्धित भएकी छन्। निर्माण पक्षका अनुसार उनीसँग औपचारिक लिखित सम्झौता सम्पन्न भइसकेको छ।

गौरी मल्लको प्रवेशसँगै चलचित्रको कलाकार टोली अझ सशक्त बनेको निर्माण टिमको विश्वास छ। यसअघि नै सरोज खनाल, विपिन कार्की, पूजा शर्मा र महेश त्रिपाठी मुख्य भूमिकाका लागि अनुबन्धित भइसकेका छन्। साथै किरण केसी, प्रकाश घिमिरे र शंकर श्रेष्ठ लगायतका अनुभवी कलाकारको पनि अभिनय रहनेछ।

टंक बुढाथोकी प्रोडक्सनको ब्यानरमा निर्माण हुने चलचित्रको कथा निर्देशक टंक बुढाथोकी स्वयंले तयार पारेका हुन्। पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका छन् भने गीत–संगीतको जिम्मेवारी पनि बुढाथोकीकै रहनेछ। चलचित्रको निर्माण विष्णुमाया मैनाली बुढाथोकीले गर्दैछिन्।

 

WhatsApp Image 2026-07-19 at 4.38.13 PM.jpeg

पहिलो श्रृंखला ‘मन बिनाको धन’ मा अभिनय गरेका अशोक दर्जी र ए.आर. बुढाथोकी दोस्रो भागमा रहने वा नरहनेबारे निर्माण पक्षले हालसम्म कुनै आधिकारिक जानकारी दिएको छैन।

निर्माण टिमका अनुसार चलचित्रको छायांकन भदौको पहिलो सातादेखि सुरु हुनेछ। काठमाडौं उपत्यकाका विभिन्न स्थानसँगै मुस्ताङमा पनि चलचित्रको मुख्य छायांकन गरिने तयारी गरिएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा अपडेट