२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

नवनियुक्त प्रहरी महानिरीक्षक खापुङलाई दर्ज्यानी चिन्ह

बिहिवार , भाद्र १९, २०८२

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले आज दर्ज्यानी चिन्ह लगाएका छन् । सिंहदरबारस्थित गृह मन्त्रालयमा आयोजित समारोहबीच गृहसचिव गोकर्णमणि दुवाडीले उहाँलाई दर्ज्यानी चिन्ह लगाइदिएका हुन् ।

सो अवसरमा गृहसचिव दुवाडीले सरकारले क्षमता, कार्यदक्षता, जेष्ठतालगायत आधारमा प्रहरीको सर्वोच्च पदमा खापुङलाई नियुक्त गरी जिम्मेवारी प्रदान गरेको बताए । मुलुकमा शान्ति, सुव्यवस्था र सुशासन कायम गर्न, अपराध नियन्त्रण गर्न र सामाजिक न्याय कायम गर्न प्रहरीको अहम भूमिका रहेको उनले बताए ।

“आम नागरिकलाई सुरक्षित छु भन्ने महसुश गराउनु नै हामी सबैको कर्तव्य हो । आम नागरिकको नजिक रहेर उनीहरुको सुखदुःखको साथी बन्न सक्नु प्रहरीको प्रभावकारीताको मापन पनि हो । नेपाल प्रहरीको साख अझ बढी राम्रो बनाउन सफल हुनुहोस”, सचिव दुवाडीले भने, “सकल दर्जाका प्रहरी कर्मचारीको मनोबल उच्च बनाइ प्रहरी सङ्गठनको उद्देश्य पुरा गर्न सफल हुनेमा आशावादी छौँ ।”

समाजमा अपराधिक गतिविधि चुनौती बन्दै गएको उल्लेख गर्दै सचिव दुवाडीले भने, “अपराधका नयाँ नयाँ श्रृङ्खला बढिरहेका छन् । सबै अपराधका गतिविधि नियन्त्रण गरी समाजमा न्याय स्थापना गर्न जुरुरी छ ।”

त्यसैगरी नवनियुक्त प्रहरी महानिरीक्षक खापुङले आफूले सकेको राम्रो गर्ने बताए । “सकेको राम्रो गर्छु तर, नराम्रो गर्नेछैन”, उनले भने, “सकल दर्जाको हित र संस्थागत सुधारलाई प्राथमिकतामा राखेको छु ।”

अपराध अनुसन्धानमा चुनौती रहेको उल्लेख गर्दै नवनियुक्त महानिरीक्षक खापुङले कृत्रिम बुद्धिमत्ता (एआई), साइबर अपराध, क्रिप्टोसम्बन्धी अपराधसहित अन्तरराष्ट्रियस्तरका अपराध नियन्त्रण गर्न प्रहरीको क्षमता विस्तार गर्नुपर्नेमा जोड दिए । तेह्रथुमको गाउँबाट सुरु भएको आफ्नो यात्रा प्रहरी महानिरीक्षकसम्म पुगेको स्मरण गर्दै उनले प्रहरीलाई प्रविधि र स्रोत–साधनले सम्पन्न बनाउन आवश्यक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार