मंगलबार, बैशाख ९ २०८२

मंगलबार, बैशाख ९ २०८२

शंकर पोखरेलको सपथ रोक्न हस्ताक्षर लिएर प्रदेशसभा पुगे चार दल

शंकर पोखरेलको सपथ रोक्न हस्ताक्षर लिएर प्रदेशसभा पुगे चार दल

काठमाडाैं । लुम्बिनी प्रदेश सभाका विपक्षी दलहरुले मुख्यमन्त्री शंकर पोखरेलले बहुमत गुमाइसकेकाले पुनः मुख्यमन्त्री नियुक्त नगर्न र सपथ नगराउन प्रदेश प्रमुखसँग माग गरेका छन् । 

सपथ ग्रहण रोक्नका लागि अविश्वास प्रस्ताव दर्ता गरेका ४ दल सरकार गठनको लागि ४० प्रदेशसभा सदस्यको हस्ताक्षर लिएर प्रदेशसभामा पुगेका हुन् । नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाका संसदीय दलका नेताहरु पोखरेलको सपथ ग्रहण रोक्न प्रदेशसभामा पुगेका हुन् ।

मुख्यमन्त्री शंकर पोखरेलमाथि परेको अविश्वासको प्रस्ताव आइतबार टेबुल हुने भएपछि पोखरेलले राजीनामा दिएका थिए । राजीनामा लगत्तै नेकपा एमालेका सांसदीय दलका नेता समेत रहेका पोखरेल नेतृत्वको एकल सरकार बनाउने प्रस्ताव प्रदेश प्रमुखकहाँ पुर्‍याइएको थियो । तर, सांसद विमला वलीले माओवादी केन्द्र राेजेपछि उनकाे एकल सरकार बनाउने सम्भावना सकिएकाे हाे ।

वलीले माओवादी केन्द्र रोजेपछि ८१ सदस्यीय प्रदेशसभामा विपक्षी गठबन्धनमा ४१ सांसद पुगेका छन् । जसमध्ये एक जना सभामुख छन् ।

संविधानको धारा १६८ (१) अनुसार बहुमतको सरकार बनाउन ४१ सांसद चाहिन्छ । प्रदेश सभामा नेपाली कांग्रेसका १९, माओवादी केन्द्र सभामुखसहित १८, जसपाका २ र राष्ट्रिय जनमोर्चासँग एक सांसद छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend