काठमाडौं । काठमाडौंको बानेश्वर क्षेत्रमा कर्फ्यू जारी भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार दिउँसो कर्फ्यू जारी गरेको हो ।
जेनजीले आज काठमाडौंमा प्रदर्शन गरिरहेका छन् । प्रदर्शन उग्र बनेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले आदेश जारी गरेको हो । माइतीबाट सुरु भएको प्रदर्शन बानेश्वर पुगेको थियो ।
प्रदर्शनकारीहरूले गेटबाट माथि चढेर संसद् भवनभित्र प्रवेश गरेका थिए । उनीहरुले संसद भवनको (२ नम्बर गेट) पर्खाल भत्काएका छन् । जेनजीले नेतृत्व गरेको प्रदर्शनमा स्थिति नियन्त्रणमा लिन प्रहरीले पानीको फोहोरा र अश्रुग्याससमेत प्रहार गरेको छ ।
भ्रष्टाचार, अव्यवस्था र सरकारको सामाजिक सञ्जाल बन्द गर्ने निर्णयविरुद्ध जेनजीहरू उर्लिएका हुन् ।

प्रतिक्रिया दिनुहोस