काठमाडौं । जेनजीहरुको प्रदर्शनमा नयाँ बानेश्वरमा प्रहरीले गोली चलाएको छ । प्रदर्शन उग्र बनेपछि प्रहरीले रबरको गोली चलाएको हो ।
जेनजीका प्रदर्शनकारीहरू संसद् भवनभित्रै प्रवेश गरेका थिए । त्यसपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले पानीको फोहोरा र अश्रुग्याससमेत प्रहार गरेको थियो । नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ ।
अहिले प्रशासनले कर्फ्यू आदेश जारी गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस