२०८३, आषाढ १ गते

सोमवार, आषाढ १ गते २०८३

जेनजी प्रदर्शन : गण्डकी प्रदेशका मुख्यमन्त्रीको कार्यालयमा तोडफोड

सोमवार , भाद्र २३, २०८२

पोखरा। जेनजी पुस्ताका प्रदर्शनकारीले पोखरा-७ मा रहेको गण्डकी प्रदेशका मुख्यमन्त्रीको कार्यालयमा तोडफोडसहित आगजनीको प्रयास गरेका छन् ।

सोमबार सामाजिक सञ्जाल बन्दको बिरोध र भ्रष्टचार, बेथितिको विरुद्ध देशव्यापी रुपमा उत्रिएको युवाहरुले सोमबार बिहान सभागृह चोकमा भएको प्रदर्शनपछि मुख्यमन्त्री कार्यालयमा ढुङ्गामुढा गरेका हुन् ।

प्रदर्शनकारीलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र पानीका फोहोरा प्रहार गरेको थियो ।

१० बजेबाट सुरु भएको प्रदर्शन अझै जारी छ । प्रदर्शनकारीले ‘जनता जति खाडीमा, तिमी चाहिँ गाडीमा, रोलेक्स घडी नाडीमा’, ‘दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने’, ‘जनताको आवाज दबाएर स्वतन्त्रता बन्द गर्न पाइँदैन’, ‘भ्रस्ट नेता होसियार’ जस्ता नारा लगाएका छन् ।

यसैबीच, काठमाडौंको बानेश्वर क्षेत्रमा उर्लिएका जेनजी पुस्तामाथि प्रहरी दमन हुँदा अहिलेसम्म मृत्यु हुनेको संख्या ८ पुगेको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट