शुक्रबार, बैशाख ५ २०८२

शुक्रबार, बैशाख ५ २०८२

कोरोना संक्रमणबाट भारतमा एकैदिन ३,७८० जनाको मृत्यु

कोरोना संक्रमणबाट भारतमा एकैदिन ३,७८० जनाको मृत्यु

काठमाडौं।  कोरोना संक्रमणको चपेटामा परेको छिमेकी मुलुक भारतमा पछिल्लो २४ घण्टामा ३ हजार ७ सय ८० जनाको मृत्यु भएको छ ।

भारतमा कोरोना संक्रमणबाट एकैदिन मृत्यु हुनेको यो संख्या अहिलेसम्मकै उच्च हो । यसअघि भारतमा गत आइतबार कोरोनाले ३ हजार ६ सय ८९ को मृत्यु भएको थियो ।

त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा थप ३ लाख ८२ हजार ३ सय १५ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि अघिल्लो दिन ३ लाख ५७ हजार २ सय २९ जनामा संक्रमण पुष्टि भएको थियो भने ३ हजार ४ सय ४९ जनाको मृत्यु भएको थियो ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend