सोमबार, बैशाख ८ २०८२

सोमबार, बैशाख ८ २०८२

भारतमा काेभिडबाट मृत्यु भएका पिताकाे शव जलिरहँदा चितामा हामफालिन् छाेरी 

भारतमा काेभिडबाट मृत्यु भएका पिताकाे शव जलिरहँदा चितामा हामफालिन् छाेरी 

काठमाडाैं । भारतको राजस्थानमा कोभिडका कारण निधन भएका पिताकाे शव जलाइरहेकाे बेलमा उनकी छाेरी चितामा हामफालेकी छन् । राजस्थानकाे बारमर जिल्लाकाे एक अस्पतालमा दामाेदरदास शारदाकाे काेराेना संक्रमणका कारण निधन भएकाे थियाे । 

७३ वर्षीय पिताकाे निधन भएर शव जलाइरहेकाे बेलामा उनकी छाेरी हामफालेकाे भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । शारदाको शव जलाइरहेकाे बेलामा उनकी कान्छी छोरी चन्द्रा शारदा अचानक चितामा हाम्फालेको प्रहरीकाे भनाइ छ ।

त्यहाँका मानिसले तत्काल आगोबाट निकालेका थिए तर उनको शरीरको लगभग ७० प्रतिशत भाग डढेको थियो । उनकाे तत्काल उद्दार गरी अस्पताल लगिएकाे थियाे । स्थानीय अस्पतालले जोधपुरको एक अस्पताल रिफर गरेकाे समाचारमा जनाइएकाे छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend