काठमाडौं । काठमाडौंको सुन्धारास्थित केन्द्रीय कारागारबाट बुधबार करिब ३३ सय कैदीबन्दी भागेका छन् ।
सो क्रममा नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वउपप्रधान तथा पूर्वऊर्जा मन्त्री टोपबहादुर रायमाझी पनि भागेका छन् ।
उनी सुन्धारास्थित कारागारको भद्र बन्दीगृहमा थिए । भद्रबन्दी गृहमा एक सय जना रहेको स्रोतले बतायो ।
कारागार स्रोतका अनुसार अहिले भद्र बन्दीगृहमा नभागेका एक सय जना कैदी छन्। त्यसबाहेक अरू बन्दीगृहमा तीनर चार सय जना कैदीबन्दी छन्।
कारागारबाट भागेका रायमाझी सम्पर्कमा छैनन् । त्यस्तै भागेका मध्ये केही कैदीबन्दी भने कारागार फर्कन पनि थालेका छन् ।
अहिले केन्द्रीय बन्दीगृहमा ३ सय र महिला बन्दीगृहमा १ सय कैदीबन्दी मात्रै छन् ।
कारागारमा रहेका ३ हजार ८०० बढी कैदीमध्ये अहिले ५ सय हाराहारी कैदीमात्रै कारागारमा रहेको बताइएको छ ।
नख्खु कारागारबाट निस्केका कैदीबन्दीहरुले राति १० बजेतिर आएर सुन्धारा तोडफोड गरेका थिए ।
प्रतिक्रिया दिनुहोस