काठमाडौं । नेपाल बजारमा आज शुक्रबार सुनचाँदीको मूल्य वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज सुन प्रतितोला एक हजार छ सय रूपैयाँले बढेको हो।
महासंघका अनुसार आज सुन प्रतितोला २ लाख १५ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ। बिहीबार सुन प्रतितोला २ लाख १४ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, शुक्रबार चाँदी प्रतितोला ६० रूपैयाँले बढेको छ। बिहीबार प्रतितोला २५ सय पाँच रूपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला दुई हजार पाँच सय ६५ रूपैयाँ पुगेको छ।
प्रतिक्रिया दिनुहोस