काठमाडौं । नेपाली बजारमा आज आइतबार सुनको मूल्यमा गिरावट आएको छ भने चाँदीको मूल्य वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आज आइतबार सुन प्रतितोला सात सय रूपैयाँले घटेको हो।
महासंघका अनुसार आज आइतबार सुन प्रतितोला २ लाख १५ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार सो परिमाणको सुन प्रतितोला २ लाख १५ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आइतबार चाँदी प्रतितोला पाँच रूपैयाँको वृद्धिसँगै तोलाको दुई हजार पाँच सय ७० मा कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस