चितवन । फिल्म उद्योगका दृष्टिले चितवन क्रमशः ‘फिल्म सिटी’ का रूपमा स्थापित हुँदै गएको छ ।
यहाँका पर्यटकीय स्थलहरू मात्र नभई ग्रामीण र पहाडी क्षेत्रसमेत छायांकनका लागि उपयुक्त बन्दै गएका हुन् । सौराहा, मेघौली, ईच्छाकामना, पटिहानी, गोलाघाट, शक्तिखोरदेखि सिमलढापसम्मका रमणीय स्थानहरू पछिल्लो समय लोकेशन हन्टिङको केन्द्र बन्दै छन् ।
यसै क्रममा निर्देशक राजु गिरी आफ्नो नयाँ फिल्म ‘डल्लेले इन्ट्री मार्यो’ को छायांकन तयारीका लागि मंगलबार चितवन पुगेका छन् । उनलाई नायक सागर लम्साल ‘बले’, मुख्य सहायक निर्देशक बिनयराज पौडेल, छायाँकार श्याम तामाङ पत्रकार राजेन्द्र आचार्य लगायतको टोलीले साथ दिएको थियो ।
निर्देशक गिरीका अनुसार फिल्मको छायांकन आगामी दशैँ पूर्णिमापछि सुरु हुनेछ । फिल्मको अधिकांश दृश्य चितवन र तनहुँका सुन्दर स्थानमा खिचिनेछ । “चितवन प्राकृतिक सुन्दरता, ऐतिहासिक र सांस्कृतिक विविधताले भरिपूर्ण छ । यसैले हामीले यसलाई फिल्मको मुख्य लोकेशन बनाएका हौँ,” गिरीले बताए ।
अभिनेता सागर लम्साल ९बले० ले पनि चितवनलाई छायांकनका लागि ‘अत्यन्तै अनुकूल स्थान’ भएको उल्लेख गर्दै फिल्मप्रति दर्शकले रुचि देखाउने विश्वास व्यक्त गरे ।
नायक सागर लम्साल ‘बले’ले अगाडी भने म धेरै पटक चितवन आएको छु, जुन ठाउँ हेरे त्यहि राम्रो छ । हामीले यो पटक पत्रकार राजेन्द्र आचार्यको साथमा विल्कुलै नयां र फरक रमणीय गाउँमा सुटिङ गर्ने छौँ( निर्देशक गिरीले भने ।
चितवनमा पछिल्ला वर्षमा ‘जनता जर्नादन’, ‘मंगल’ ज्ञानशास्त्र लगायतका फिल्म खिचिएका थिए भने नेपाली चलचित्रका साथै म्युजिक भिडियो र विज्ञापन छायांकनमा पनि यहाँका स्थानहरू रोजिने क्रम बढ्दो छ । यसले चितवनलाई पर्यटन मात्र नभई चलचित्रको गन्तव्यका रूपमा स्थापित गर्दै लैजाने स्थानीय कलाकारहरूले बताएका छन् ।
फिल्म ‘डल्लेले इन्ट्री मार्यो’ का अन्य कलाकार र कथावस्तु भने चाँडै सार्वजनिक गरिने निर्देशक गिरीले जानकारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस