काठमाडौं । गृह मन्त्रालयले जिल्ला प्रहरी परिसर, काठमाडौका एसएसपीलाई जिम्मेवारीबाट हटाएको छ । त्यहाँका एसएसपी विश्व अधिकारी हटाइएको हो ।
उनको ठाउँमा एसएसपी रमेश थापाले काठमाडौंस्थित जिल्ला प्रहरी परिसर, भद्रकालीको जिम्मेवारी पाएका छन् ।
थापा हाल प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत् थिए ।
जेनजी आन्दोलनमा फितलो सुरक्षा व्यवस्था गरेका कारण अधिकारी हटाइएका हुन् ।
प्रतिक्रिया दिनुहोस