२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

१२ वटा स्टोर जलेको भाटभटेनीले कर्मचारी नहटाउने, दशैँ बोनस पनि दिने

शुक्रवार , आश्विन ३, २०८२

काठमाडौं। भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा देशभर १२ वटा भाटभटेनी सुपरमार्केट जलेर पूर्ण रुपमा ध्वस्त भयो । योसँगै अब त्यहाँ कार्यरत कर्मचारी बेरोजगार हुने बारे धेरै चिन्ता समेत व्यक्त गरे । तर, भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङले भने कुनै पनि कर्मचारी ननिकाल्ने भएका छन् । उनले कर्मचारीलाई नहटाउने र पाउने सेवासुविधा समेत कटौती नगर्ने स्पष्ट पारेका छन् ।

हाल भाटभटेनीमा १० हजार कर्मचारी आबद्ध छन्। अधिकांश भाटभटेनीमा प्रदर्शनका क्रममा तोडफोड, लुटपाट र आगलागी भएसँगै त्यहाँ कर्मचारीको रोजगारी गुम्ने अनुमान लगाइएको थियो।

भाटभटेनी सुपरस्टोरका प्रमुख सञ्चालक अधिकृत पानु पौडेलले बन्द रहेका १२ वटा सुपरस्टोरका कर्मचारीलाई अहिले सञ्चालन भइरहेका अन्य सुपरस्टोरमा काम लगाइएको जानकारी दिए ।

आन्दोलनका क्रममा भाटभटेनीको केन्द्रीय कार्यालयसहित २८ मध्ये १२ वटा सुपरस्टोरमा तोडफोड तथा आगजनी गरी पूर्ण क्षति पुर्‍याइएको थियो। अहिले भाटभटेनीले १६ वटा स्टोर पुनः सञ्चालनमा ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट