काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले रातको समयमा लामो दूरीको यात्रा नगर्न आग्रह गरेको छ ।
कार्यालयले असोज २० गतेसम्म भारी वर्षा र विपदजन्य जोखिमको सूचना रहेको भन्दै रातको समयमा काठमाडौं आवतजावत नगर्न आग्रह गरेको हो ।
जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै तीन दिनसम्म सतर्कता र सावधानी अपनाउन र जरुरी नभई लामो दूरीको यात्रा नगर्न आग्रह गरेको छ ।
काठमाडौंबाट बाहिर जाने र बाहिरबाट काठमाडौं प्रवेश गर्नेहरूले रातको समयमा यात्रा नगर्न समेत सूचित गरेको छ ।

प्रतिक्रिया दिनुहोस