काठमाडौं । नेपाल प्रहरीका चार डीआईजी एआईजीमा बढुवा भएका छन् । आज (बिहीबार) बसेको मन्त्रिपरिषद् बैठकले डीआईजीहरूको बढुवा गर्ने निर्णय गरेको हो ।
सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदिश खरेलका अनुसार सरकारले सुशीलसिंह राठौर, उमाप्रसाद चतुरवेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर विकलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको छ ।
राठौरलाई नेपाल प्रहरी प्रधान कार्यालयको प्रशासन विभाग आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालय नक्साल, चतुरवेदीलाई मधेश प्रहरी कार्यालय, जनकपुरधाममा सिफारिस गरिएको थियो ।
त्यस्तै, श्रेष्ठलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रहरी महाशाखा टंगाल र विकलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी कैलालीमा दरबन्दी सिफारिस गरिएको थियो ।
उनीहरूलाई असोज १२ मा बढुवा समितिले एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो ।
प्रतिक्रिया दिनुहोस