२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

आईसीसी टी–२० विश्वकप छनोट: सुपर सिक्स अन्तर्गत आज नेपाल यूएईसँग भिड्दै

आइतवार , आश्विन २६, २०८२

काठमाडौं। आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्स अन्तर्गत नेपाल आज आफ्नो पहिलो खेलमा यूएईसँग भिड्ने भएको छ। खेल ओमान क्रिकेट एकेडेमी टर्फ १ मा अपराह्न ४:१५ बजे सुरु हुनेछ।

समूह चरणमा अपराजित रहँदै सुपर सिक्समा प्रवेश गरेको नेपालले आफ्नो चिरपरिचित प्रतिद्वन्द्वी यूएईसँग निर्णायक खेल खेल्दैछ। दुवै टोलीले सुपर सिक्स प्रवेशको लागि २–२ अंक जोडिसकेका छन्। नेपाल–यूएई खेललाई ‘महाभिडन्त’ पनि मानिन्छ। पछिल्ला खेल र टि–२० आई र्याङ्किङ अनुसार दुवै टोली बीच प्रतिस्पर्धा बराबरीको छ, तर ओमानमा भएका खेलहरूमा यूएई अझै हावी देखिएको छ।

पछिल्ला पाँच टी–२० आई खेलमा नेपालले ४ जित र १ हार हासिल गरेको छ भने यूएईले ३ जित र २ हार प्राप्त गरेको छ। दुई टोलीबीच अबसम्म १० खेल भइसकेका छन्, जसमा दुवैले ५–५ खेल जितेका छन्।

नेपालका लागि कुशल भुर्तेल र गुल्शन झाले ब्याटिङमा निर्णायक भूमिका खेल्न सक्नेछन् भने यूएईका लागि कप्तान मुहम्मद वासीम र बलिङमा जुनेद सिद्दिकी प्रमुख हतियार मानिएका छन्।

मैदान विशेषताः लो–स्कोरिङ र हाइ–स्कोरिङ दुवै किसिमका खेल यहाँ भइसकेका छन्। कप्तानको रोजाइ अनुसार पहिले ब्याटिङ गर्ने टोलीले राम्रो योगफल खडा गरी त्यसलाई डिफेन्ड गर्ने रणनीति अपनाउन सक्छ।

नेपालले प्लेइङ ११ मा परिवर्तन नगरी कुशल मल्लको फितलो प्रदर्शनलाई मध्यनजर गर्दै प्रतिस्थापन गर्न सक्ने सम्भावना रहेको छ।

नेपालको सम्भावित ११: कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, कुशल मल्लरलोकेश बम, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, गुल्शन झा, सोमपाल कामी, नन्दन यादव, सन्दीप लामिछाने, ललित राजवंशी।

यूएईको सम्भावित ११: हर्षित कौशिक, मुहम्मद वासीम, मोहम्मद अरफान, राहुल चोपरा, बासिल हामीद, अलिशान शराफु, हेदर अली, ध्रुव पराशर, जुनेद सिद्दिकी, सिमरजित सिंह, मोहम्मद रोहिद।

आजको खेलको परिणाम सुपर सिक्स तालिकामा ठूलो प्रभाव पार्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट