२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

आईसीसी टी–२० विश्वकप छनोटमा नेपाल अपराजित, ओमानलाई ३८ रनले पराजित

बिहिवार , आश्विन ३०, २०८२

काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटमा अपराजित यात्रा कायमै राखेको छ । बुधबार भएको खेलमा ओमानलाई ३८ रनले हराउँदै नेपालले अपराजित यात्रा कायमै राख्दै छनोट प्रतियोगिताको उपाधिको नजिक पुगेको छ ।

पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै १५१ रनको योगफल तयार गर्‍यो। ओपनर कुशल भुर्तेलले ५१ बलमा ६९ रनको योगदान दिए। आसिफ शेखले २४, गुल्शन झाले १८ तथा आदिल आलमले १६ रन जोडे।

१५२ रनको लक्ष्य पछ्याएको ओमानले निर्धारित ओभरमा ९ विकेट गुमाएर ११३ रन मात्रै बनाउन सक्यो। विनायक शुम्लाले ३२ तथा मोहम्मद नदीमले २५ रन जोडे।

नेपालका लागि गुल्शन झा चम्किए — ४ ओभरमा २४ रन दिएर ३ विकेट लिए। नन्दन यादव र सोमपाल कामीले २–२ तथा सन्दीप लामिछानेले १ विकेट हात पारे।

ओमानका नदीम खानले ४ विकेट लिँदा शुफिया मेहमुद र जितेन रामानन्दीले २–२ विकेट लिए।

यस जितसँगै नेपाल ४ खेलबाट ८ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ। नेपाल र ओमान दुवै टोली विश्वकपका लागि अघि नै छनोट भइसकेका छन्। अब नेपालले शुक्रबार सामोआसँग प्रतिस्पर्धा गर्नेछ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट