२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

आइसिसी टी–२० विश्वकप छनोट : आज नेपाल सामाओसँग भिड्दै, अपराजित यात्रासहित उपाधि लक्ष्य

शुक्रवार , आश्विन ३१, २०८२

काठमाडौं । आइसिसी टी–२० विश्वकप इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्स चरणको अन्तिम खेलमा आज नेपाल सामाओसँग प्रतिस्पर्धा गर्दैछ । ओमानमा जारी प्रतियोगिताबाट दुई खेल अगावै विश्वकपमा स्थान सुरक्षित गरेको नेपाल उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिन लागेको हो ।

नेपालले बुधबार राति ओमानलाई ३८ रनले हराएपछि शीर्षस्थान सुरक्षित गरेको छ । सुपर सिक्समा नेपालसँग ८ अंक छन् । दोस्रो र तेस्रो स्थानमा रहेका यूएई र ओमानको ६–६ अंक छ । यूएईले खेल सकिसकेको छ भने ओमानले आजै जापानसँग अन्तिम खेल खेल्दैछ ।

नेपालले आज सामाओलाई पराजित गरे अपराजित रहँदै उपाधि चुम्नेछ । सामाओ अंकबिहीन अवस्थामा तालिकाको पुछारमा छ । कप्तान रोहित पौडेलले ओमानमाथिको जितसँगै उपाधिको आशा बढेको भन्दै आजको खेललाई फाइनलबराबरको महत्त्वपूर्ण प्रतिस्पर्धा बताएका छन् । नेपाल तेस्रोपटक विश्वकपमा पुगिसकेको भए पनि छनोट उपाधि भने अहिलेसम्म नजितेको हो ।

उपाधि दौडमा ओमान र नेपालबीच अंक र रनरेटले निर्णायक भूमिका खेल्नेछ । नेपाल आज पराजित भई ओमानले जापानलाई जिताए रनरेटका आधारमा शीर्ष स्थान निर्धारण हुनेछ । तर ओमान जापानसँग पराजित भए नेपालले सामाओविरुद्धको नतिजा जे भए पनि उपाधि हात पार्नेछ ।

नेपाल र सामाओबीचको खेल आज दिउँसो ४:१५ बजे ओमानको मैदानमा सुरु हुनेछ । यसअघि जापान र ओमानको खेल बिहान ११:४५ बजे तय गरिएको छ । नेपालसँगै ओमान र यूएईले पनि विश्वकपमा छनोट सुनिश्चित गरिसकेका छन् भने जापान, कतार र सामाओ बाहिरिएका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट