२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

एमालेका पूर्वसांसद देवीप्रसाद भट्टचन ठगी आरोपमा पक्राउ

बुधवार , कार्तिक १२, २०८२

काठमाडौं । नेकपा एमालेका पूर्वसांसद देवीप्रसाद भट्टचन ठगी आरोपमा पक्राउ परेका छन् ।

नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोले प्रभु ग्रुपका सञ्चालक तथा पूर्व सांसद भट्टचनलाई ठगी, आपराधिक विश्वासघात, आपराधिक लाभ र नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ अन्तर्गतको कसुरमा पक्राउ गरेको हो ।

सीआईबीले उनलाई मङ्गलवार ललितपुरबाट पक्राउ गरेको हो । भट्टचनविरुद्ध यसअघि नै उजुरी परे पनि एमाले सरकारमा हुँदा जोगिँदै आएका थिए ।

ठाकुर प्रसाद मानन्धरलगायतको जाहेरीका आधारमा दायर मुद्दामा अनुसन्धान गर्दै आएको सीआईबीले भट्टचनलाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ ।

भट्टचनविरुद्ध ९८ करोड रुपैयाँ ठगी गरेको आरोप छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ