२०८३, जेठ २९ गते

शुक्रवार, जेठ २९ गते २०८३

पहिरोका कारण बीपी राजमार्ग पूर्णरूपमा अवरुद्ध, सवारी आवागमन ठप्प

शुक्रवार , कार्तिक १४, २०८२

काभ्रेपलाञ्चोक । अविरल वर्षासँगै खसेको लेदो र पहिरोका कारण बीपी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार राजमार्गका विभिन्न स्थानमा पहिरो र लेदो खसेपछि सवारी आवागमन दुईतर्फी रूपमा रोकिएको हो।

राजमार्ग अन्तर्गत चौकीडाँडा, चारसयबेसी (नाङसाल क्रसर), डालाबेसी, बिरुवाडाँडा, बोक्सीकुना, माम्ती, नार्के र पिन्थलीबेसी लगायतका स्थानमा पहिरो तथा लेदो बगेर सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीका अनुसार चौकीडाँडामा पहिरो पन्छाउने क्रममा पुनः माथिबाट पहिरो खसेको छ। पानी लगातार परिरहेकाले थप जोखिम बढेको र हाल पहिरो पन्छाउने काम रोकिएको उनले जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख कोमल शाहले अवरोध हटाएर सडक सञ्चालन गर्न केही समय लाग्ने बताए। उनका अनुसार वर्षा नरोएकाले तत्काल सडक खुलाउने सम्भावना न्यून छ।

यस अवरोधका कारण पूर्वतर्फ जाने सवारी साधनहरू काभ्रेको भकुन्डेमा रोकिएका छन्। प्रहरीका अनुसार यात्रुहरूले वैकल्पिक मार्ग प्रयोग गर्न र यात्रापूर्व सडकको अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न आग्रह गरिएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट