२०८३, जेठ २९ गते

शुक्रवार, जेठ २९ गते २०८३

मुग्लिन–नारायणगढ सडकमा ढुंगा खस्दा सवारी आवागमन अवरुद्ध

शुक्रवार , कार्तिक १४, २०८२

चितवन । चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा माथिबाट ढुंगा खस्दा सवारी आवागमन अवरुद्ध भएको छ।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार तुईन खोला पुल नजिकको भीरबाट शुक्रबार बिहान ढुंगाहरू खस्दा सडक दुईतर्फी रूपमा बन्द भएको हो। हाल पनि ढुंगा झर्ने क्रम जारी रहेकाले सडक खुलाउने कार्य रोकिएको डिभिजनले जनाएको छ।

ढुंगा खस्ने क्रम रोकिएपछि मात्र मेशिन प्रयोग गरी सडकबाट ढुंगा र माटो हटाउने कार्य सुरु गरिने भएको छ।

सडक डिभिजन भरतपुरले वर्षायाममा यो क्षेत्र उच्च पहिरो जोखिमयुक्त हुने भएकाले यात्रु र सवारी चालकहरूलाई सडकको अवस्था बुझी मात्र यात्रा गर्न आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट