२०८३, जेठ २९ गते

शुक्रवार, जेठ २९ गते २०८३

घरजग्गाको कारोबार गर्ने कम्पनीलाई अनुमतिपत्र दिइने

शुक्रवार , कार्तिक १४, २०८२

काठमाडौं । भूमि व्यवस्थापन तथा अभिलेख विभागले घरजग्गाको कारोबार गर्ने कम्पनीका लागि अनुमतिपत्र प्रदान गर्ने भएको छ ।

विभागले एक सूचनामार्फत तीन करोडभन्दा बढीको कारोबार गर्ने कम्पनीलाई अनुमति प्रदान गर्न लागिएकाले आवेदन दिन आग्रह गरेको छ ।

अनुमतिपत्र लिन चाहने कम्पनीले एक महिनाभित्र आवेदन दिन सक्नेछन् । विभागको सूचनाअनुसार एकपटकमा पाँच करोडसम्मको कारोबार गर्ने कम्पनीले पाँच लाख र त्यसभन्दा बढी कारोबार गर्ने कम्पनीले १० लाखबराबरको शुल्क तिर्नुपर्नेछ ।

सरकारले गत असोज २७ गते राजपत्रमा सूचना प्रकाशित गर्दै घरजग्गासम्बन्धी कारोबार गर्ने कम्पनीले अनुमतिपत्र लिनसक्ने व्यवस्था गरेको थियो । राजपत्रमा प्रकाशित सूचनामा छवटा महानगर र ११ वटा उपमहानगरपालिकालाई कार्यक्षेत्र चयन गरिएको उल्लेख थियो ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट