२०८३, जेठ २९ गते

शुक्रवार, जेठ २९ गते २०८३

सुरक्षाकर्मीको पेस्तोल लुटपाट गरी बिक्री गर्ने पाँचजना पक्राउ

शुक्रवार , कार्तिक १४, २०८२

काठमाडौं । गत भदौ २४ गतेको ‘जेनजी’ आन्दोलनमा सुरक्षाकर्मीको पेस्तोल र गोलीगठ्ठा लुटपाट गरी बिक्री वितरणमा संलग्न रहेको अभियोगमा प्रहरीले पाँच जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा धादिङ, धुनिवेशी घर भइ हाल काठमाडौं महानगरपालिका–१५ ट्राफिक बिट नजिक चरा पसलमा काम गर्ने २१ वर्षीय कृष्ण गुरुङ, काठमाडौं–१५ भगवापाउँ जर्मन क्वाटर बस्ने २५ वर्षीय राजन देउला, भारत मोतिहारी सीतामढी घर भइ हाल काठमाडौं–१५ ट्राफिक कार्यालय नजिक डेरा गरी बस्ने २४ वर्षीय अकबर खान, काठमाडौं–१५ बिजेश्वरी रिट्रीट अपार्टमेण्ट नजिक बस्ने २६ वर्षीय सुमिन शाक्य तथा काठमाडौं–३१ बानेश्वर घर भइ क्षेत्रपाटी चोकमा कपडा पसल सञ्चालन गरी बस्ने ३८ वर्षीय प्रभात मल्ल रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए ।

उनले भने, “गत भदौ २४ गतेको प्रदर्शनको क्रममा सुरक्षाकर्मीको हातहतियार पेस्तोल र गोलीगठ्ठा लुटपाट गरी बिक्री गरेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले सिएफ ९८–९ पेस्तोल एक थान, पेस्तोलको म्याग्जिन एक थान र उक्त पेस्तोलमा लाग्ने गोली १५ थानसहित निजहरूलाई पक्राउ गरिएको हो ।”

पक्राउ परेकामध्ये गुरुङ कार्यालयबाट पेस्तोल लुटपाटमा संलग्न, देउला, खान र शाक्य हतियार खरिद तथा बिक्री वितरणमा संलग्न तथा प्रभात मल्ल हतियार खरिदमा संलग्न रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका पाँचै जनालाई हातहतियार तथा खरखजानासम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट छ दिनको म्याद थप अनुमति लिइ अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले बताए ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट