२०८३, जेठ २९ गते

शुक्रवार, जेठ २९ गते २०८३

हरिबोधनी एकादशीका दिन लाग्ने चाँगुनारायण मेलामा भक्तजनको घुइँचो

शनिवार , कार्तिक १५, २०८२

काठमाडौं । प्रत्येक वर्ष हरिबोधनी एकादशीका दिन लाग्ने मेला भर्न भक्तपुरमा रहेको चाँगुनारायण मन्दिरमा भक्तजनहरुको घुइँचो लागेको छ ।

काठमाडौं, ललितपुर, काभ्रे र भक्तपुर लगाएतका जिल्लाबाट भक्तजनहरु चाँगुनारायण पुगेका छन् । उपत्यकाका चार नारायणमा चाँगुनारायण, इचङ्गु नारायण, शेष नारायण र विशङ्खु नारायण मानिन्छन् । चाँगुनारायण भने जेठो नारायणका रुपमा पुजिने भएकाले यस दिन मेला भर्न दर्शनार्थीको घुइँचो लाग्छ ।

लिच्छवी राजा मानदेवका पालामा बनेको उक्त मन्दिर भक्तपुरबाट उत्तरतर्फ ४ किमिको दूरीमा छ । चाँगुनारायणको पूजा गरेमा साक्षात् नारायण प्रसन्न भई पारिवारिक सुख, शान्ति भएर मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट