२०८३, जेठ २९ गते

शुक्रवार, जेठ २९ गते २०८३

मध्यराति अशोभनीय भाषासहितको पोस्टले बालेन शाहको चर्को आलोचना, पोस्ट गरेको केही मिनेटमै हटाए

आइतवार , कार्तिक १६, २०८२

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह शनिबार राति सामाजिक सञ्जालमा लेखेको विवादास्पद स्टाटसका कारण पुनः विवादमा परेका छन्। उनले चीन, भारत, अमेरिका र नेपालका प्रमुख राजनीतिक दलहरूका नाम उल्लेख गर्दै अशोभनीय शब्दावली प्रयोग गरेका थिए।

शाहले शनिबार मध्यराति उक्त स्टाटस पोष्ट गरेका थिए। तर केही मिनेटमै उनले स्टाटस हटाए। त्यसअघि नै सामाजिक सञ्जालमा उक्त अभिव्यक्ति प्रति व्यापक आलोचना सुरु भइसकेको थियो। धेरै प्रयोगकर्ताहरूले मेयरको पदमा रहँदाको जिम्मेवारी र मर्यादासँग अश्लील भाषा मेल नखाने प्रतिक्रिया दिएका छन्।

यसअघि पनि बालेन शाह आफ्ना कडा र विवादास्पद अभिव्यक्तिहरू का कारण पटक–पटक समाचारको केन्द्रमा परिरहेका छन्। पछिल्लो समय उनमाथि अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरूसँग साटगाठ गरेको आरोप समेत लाग्दै आएको छ।

शाहको ताजा अभिव्यक्तिमा चीन, भारत र अमेरिकाको नाम समेत समेटिएको हुँदा यो विषयले अब राजनीतिक र कूटनीतिक वृत्तमा पनि तरंग ल्याएको छ।

यसबारेमा बालेन शाहले हालसम्म कुनै औपचारिक प्रतिक्रिया दिएका छैनन्।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट