२०८३, जेठ २९ गते

शुक्रवार, जेठ २९ गते २०८३

प्रधानमन्त्रीको आह्वानमा संघ–प्रदेश समन्वयका लागि सातै प्रदेशका मुख्यमन्त्रीसहितको बैठक बस्दै

आइतवार , कार्तिक १६, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग बैठक आह्वान गरेकी छन्। बैठक आज अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ।

प्रधानमन्त्री कार्कीको सचिवालयका अनुसार संघीय शासन प्रणाली कार्यान्वयनपछिको परिवर्तित राजनीतिक अवस्थालाई ध्यानमा राख्दै संघ र प्रदेश सरकारबीच संवाद र सहकार्य सुदृढ गर्ने उद्देश्यले बैठक बोलाइएको हो।

बैठकमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्की, मधेश प्रदेशका जितेन्द्रप्रसाद सोनार, बागमती प्रदेशका इन्द्रबहादुर बानियाँ, गण्डकी प्रदेशका सुरेन्द्रराज पाण्डे, लुम्बिनी प्रदेशका चेतनारायण आचार्य, कर्णाली प्रदेशका यामलाल कँडेल र सुदूरपश्चिम प्रदेशका कमलबहादुर शाह सहभागी हुनेछन्।

बैठकमा संघीय तथा प्रदेश सरकारबीचको समन्वय, विकास योजनाको कार्यान्वयन, तथा बजेट खर्च प्रभावकारिता लगायतका विषयमा छलफल हुने बताइएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट