२०८३, जेठ २९ गते

शुक्रवार, जेठ २९ गते २०८३

धनुषामा बस–अटो ठक्कर: एउटै परिवारका ३ सदस्यसहित ४ को मृत्यु

आइतवार , कार्तिक १६, २०८२

जनकपुर । धनुषामा यात्रुबाहक बसले अटो रिक्सालाई ठक्कर दिँदा एकै परिवारका तीन सदस्यसहित चार जनाको मृत्यु भएको छ। दुर्घटनामा दुई बालबालिका गम्भीर घाइते भएका छन्।

विराटनगरबाट धनगढी जाँदै गरेको सु.प्र. ०१–००१ ख ३२८८ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २–०१–००१ ह १२३० नम्बरको अटो शनिबार साँझ ठक्कर दिएको थियो।

पूर्वपश्चिम राजमार्गअन्तर्गत गणेशमान चारनाथ नगरपालिका वडा नं १, वीरेन्द्र बजारमा भएको दुर्घटनामा भरतपुर निवासी ४० वर्षीय धनबहादुर पुर्वछाने मगर, ३५ वर्षीय शम्भु पुर्वछाने मगर, ३५ वर्षीया निशा मगर र अटो चालक ४० वर्षीय डम्बर राईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। मृतक तीन जनाको एउटै परिवारका सदस्य हुन्।

इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक लक्ष्मण तोसीका अनुसार दुर्घटनामा १४ वर्षका शीतल मगर र ९ वर्षका रोशन मगर गम्भीर घाइते भएका छन्। उनीहरूको जनकपुरधामस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ।

इलाका प्रहरी कार्यालय ढल्केबरले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट