२०८३, जेठ २९ गते

शुक्रवार, जेठ २९ गते २०८३

फोहोर व्यवस्थापनमा अवरोध : बन्चरेडाँडा पुगे मन्त्री घिसिङ

आइतवार , कार्तिक १६, २०८२

काठमाडौं। उपत्यकाबाट फोहोर बोकेर पुगेका गाडीहरुलाई बन्चरेडाँडामा स्थानीयले अवरोध गरेपछि वास्तविकता बुझ्न मन्त्री कुलमान घिसिङ बञ्चरेडाँडा पुगेका छन् ।

विगतमा सरकारसँग भएका १८ बुँदे सहमति पूरा नभएको भन्दै स्थानीयले फोहोर बिसर्जनमा अवरोध गरेका हुन् । यसैबीच समस्या समाधानका लागि भन्दै भौतिक पूर्वाधार, ऊर्जा र सहरी विकास मन्त्री कुलमान घिसिङ बन्चरेडाँडाको अवस्था अवलोकनमा पुगेका हुन् ।

स्थानीयले गत बुधबारदेखि बञ्चरेडाँडामा फोहोर विसर्जनमा रोक लगाएका हुन् ।

शुक्रबार शहरी विकास मन्त्रालयमा प्रभावित क्षेत्रका पालिकाका जनप्रतिनिधिसहित सरोकारवालाको छलफल आयोजना गरिए पनि निष्कर्षविहीन भएको थियो ।

बन्चरेडाँडामा फोहोर व्यवस्थापन गर्न नपाएपछि काठमाडौं महानगरका विभिन्न स्थानमा फोहोर संकलन प्रभावित हुन थालेको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट