काठमाडौं । बञ्चरेडाँडा ल्याण्डफिल साइटका स्थानीय अन्ततः फोहोर फाल्न दिन सहमत भएका छन् ।
मन्त्री कुलमान घिसिङले आइतबार बिहान बञ्चरेडाँडा ल्याण्फिल साइट पुगेर हालसम्म भएका सहमति पुरा गर्ने प्रतिबद्धता गरेपछि स्थानीय सहमतिमा आएका हुन्। घिसिङले स्थानीय बासिन्दासँग १५ दिनभित्र माग पूरा गर्ने प्रतिबद्धता गरेका छन् ।
स्थानीयले गत बुधबारदेखि बञ्चरेडाँडामा फोहोर विसर्जनमा रोक लगाएका हुन् ।
शुक्रबार शहरी विकास मन्त्रालयमा प्रभावित क्षेत्रका पालिकाका जनप्रतिनिधिसहित सरोकारवालाको छलफल आयोजना गरिए पनि निष्कर्षविहीन भएको थियो ।
प्रतिक्रिया दिनुहोस