२०८३, जेठ २९ गते

शुक्रवार, जेठ २९ गते २०८३

चितवन उद्योग वाणिज्य संघको आसन्न अधिवेशनका लागि अध्यक्ष पदमा सिरीष पन्तको उम्मेदवारी घोषणा

आइतवार , कार्तिक १६, २०८२

चितवन । चितवन उद्योग वाणिज्य संघको आसन्न अधिवेशनका लागि सिरीष पन्तले अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। उनले आफ्नो उम्मेदवारीलाई व्यक्तिगत महत्वाकांक्षा नभई चितवनका सम्पूर्ण उद्योगी–व्यवसायीहरूको साझा आवाजका रूपमा प्रस्तुत गरेका छन्।

पन्तले जारी वक्तव्यमा भनेका छन्, “यो उम्मेदवारी पदका लागि होइन, परिवर्तनका लागि हो। अब हामी केवल सुन्न होइन, गर्न चाहन्छौं। चितवनका उद्योगी–व्यवसायीको आवाजलाई संस्थागत रूपमा सशक्त बनाउने हाम्रो अभियान हो।”

उनले पारदर्शी, नतिजामुखी र समावेशी नेतृत्व मार्फत चितवन उद्योग वाणिज्य संघलाई पुनः व्यवसायीहरूको भरोसायोग्य संस्थाका रूपमा पुनर्जीवित गर्ने प्रतिबद्धता व्यक्त गरे।

पन्तले बजार व्यवस्थापन, फुटपाथ व्यवसायको उचित व्यवस्थापन, पार्किङ र ट्राफिक सुधार, व्यवसायी सुरक्षाको सुनिश्चितता, डिजिटल सदस्य सेवा र स्थानीय उत्पादन प्रवर्द्धनलाई प्रमुख एजेन्डा बनाउने बताए।

उनले भने, “चितवन हाम्रो अभिमान हो — नारायणगढ यसको मुटु, रत्ननगर यसको आत्मा, टाँडी र खैरहनी यसको व्यापारिक आधार, माडी यसको सम्भावना र इच्छाकामना यसको विस्तार हो। यी सबै क्षेत्रका व्यवसायीहरूको लगानी र पसिनाले नै चितवनको अर्थतन्त्र चलेको हो।”

पन्तले पछिल्ला वर्षहरूमा बजार व्यवस्थापन अव्यवस्थित हुँदै गएको, फुटपाथमा अनुमति बिना हुने व्यवसायले स्थायी व्यवसायीहरूमा असमान प्रतिस्पर्धा सिर्जना गरेको र चितवन महोत्सव पनि आफ्नो मौलिक उद्देश्यबाट विचलित भएको बताएका छन्।

उनले भने, “चितवन महोत्सव कुनै समय उद्योग, व्यापार र स्थानीय उत्पादन प्रवर्द्धनको प्रतीक थियो। तर पछिल्ला वर्षहरूमा पारदर्शिताको अभावले यसको विश्वसनीयता घटेको छ। अब आवश्यक छ नयाँ सोच र साझा दृष्टिकोणसहित यसको पुनर्जागरण।”

पन्तले आफ्नो नेतृत्वमा चितवनका सबै बजारहरूलाई योजनाबद्ध, स्वच्छ र सुरक्षित बनाउने, महिला र युवा उद्यमीलाई नेतृत्वमा समावेश गर्ने, र “Made in Chitwan” अभियानमार्फत स्थानीय उत्पादनलाई राष्ट्रिय बजारमा पुर्‍याउने योजना रहेको बताए। यो पटक सिरीष पन्त ले सशक्त युवा ब्यवसायिको समुह बनाएर अधिबेशनमा जाने घोषणा समेत गरेका छन्।

उनले अन्त्यमा भने, “अब समय आएको छ — सशक्त युवा नेतृत्व रोज्ने, पारदर्शी र व्यवसायमैत्री संघ निर्माण गर्ने। तपाईंको मत, तपाईंको आवाज हो। हामी तपाईंको विश्वासलाई जिम्मेवारीमा रूपान्तरण गर्नेछौं।”

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट