२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

सुदन गुरुङको प्रश्न : निकोलस पक्राउ पर्दा महेश किन परेनन् ? सरकार ओली पारामा ढल्किएको हो ?

बिहिवार , कार्तिक २०, २०८२

काठमाडौं । जेनजी अगुवा तथा ‘हामी नेपाल’का संयोजक सुदन गुरुङले निकोलस भुसाल पक्राउ पर्दा एमाले नेता महेश बस्नेत किन पक्राउ परेनन् भन्दै सरकारलाई प्रश्न गरेका छन् ।

उनले निकोलस र महेशको अभिव्यक्तिमा फरक नभए पनि एकजना मात्र पक्राउ परेको भन्दै गृहमन्त्री ओमप्रकाश अर्याललाई प्रश्न गरेका हुन् ।

गुरुङले फेसबुकमा लेखेका छन्, ‘निकोलस भुसाल र महेश बस्नेतको अभिव्यक्तिमा आखिर फरक के देख्नुभयो, गृहमन्त्रीज्यू ? अनि किन निकोलस मात्रै पक्राउ परे ? कि शक्तिशालीलाई नछुने ओली सरकारकै पारामा ढल्किनुभएको हो ? बन्द कोठामा प्रश्न गर्दा–गर्दा थाकेर आएको अभिव्यक्ति हो यो । लाग्छ आन्दोलन हार्दैछ ।’

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ