२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

हङकङ सिक्सेसः नेपालको लगातार तेस्रो हार, श्रीलंकासँग ३ विकेटले पराजित

शनिवार , कार्तिक २२, २०८२

काठमाडौं । हङकङ सिक्सेस क्रिकेटमा नेपालले लगातार तेस्रो हार बेहोरेको छ। शनिबार बिहान भएको खेलमा नेपालले दिएको ८७ रनको लक्ष्य श्रीलंका ३ ओभर ४ बलमा ३ विकेट गुमाएर पूरा गर्‍यो।

श्रीलंकाका धनन्जय लक्षनले सर्वाधिक अविजित ३६ रन बनाउँदै टोलीको जित सुनिश्चित गरे। बलिङमा नेपालका रुपेश सिंहले २ र लोकेश बमले १ विकेट लिए।

पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ६ ओभरमा ४ विकेट गुमाएर ८६ रन बनाएको थियो। नेपालका लागि सन्दीप जोराले ३९ रन बनाउँदा लोकेश बम ३१ रनमा अविजित रहे। बलिङमा श्रीलंकाका थरिन्दु रत्नायकेले २ विकेट लिए।

नेपाल समूह चरणमा यसअघि अफगानिस्तान र दक्षिण अफ्रिकासँग पराजित भइसकेको छ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट