काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज शुक्रबार स्वदेश फर्किंदै छन्।
उनीसँगै पत्नी आरजु राणा देउवा पनि स्वदेश फर्कन लागेको प्रवक्ता प्रकाशशरण महतले बताए । उनले भने,’सभापति आज बेलुकासम्म नेपाल आइसक्नुहुन्छ ।’
सभापति देउवा १० कात्तिकमा पत्नी डा. आरजु राणा देउवासहित उपचारका लागि सिंगापुर गएका थिए।
जेनजी आन्दोलनका क्रममा उनीहरुमाथि सांघातिक आक्रमण भएको थियो। आक्रमणमा पछि २८ असोजमा बसेको केन्द्रीय कार्यसमिति बैठकमा दउवा दम्पत्ती पहिलोपटक सार्वजनिक भएका थिए।
त्यसै अवसरमा सभापति देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी सुम्पेका थिए।
प्रतिक्रिया दिनुहोस