काठमाडौं । मधेश प्रदेशसभाका पाँचजना सांसदहरूले आफ्नो हाजिरी विवरण सार्वजनिक गर्न प्रदेशसभा सचिवालयसँग माग गरेका छन् ।
सभामुखबाट पदमुक्त भएका मधेशका सांसदहरूले प्रदेश सभा बैठकमा उपस्थित भएको हाजिरीको प्रमाणित नक्कल उपलब्ध गराइदिन भन्दै प्रदेश सचिवालयमा निवेदन दिएका हुन् ।
सभामुख रामचन्द्र मण्डलले आफूविरुद्ध अविश्वास प्रस्ताव दर्तापछि हिजो लगातार १० वटा बैठकमा नआएको भन्दै ५ जना सांसदलाई पदमुक्त गरेका थिए ।
प्रदेश सभाको बैठकमा विगत एक वर्षदेखिको उपस्थितिको सम्पूर्ण हाजिरी लगायतका कागजपत्रहरू उपलब्ध गराइदिन भन्दै कारबाहीमा परेका सांसदहरू सञ्जयकुमार यादव (सर्लाही) र उर्मिलादेवी सिंह (सर्लाही) ले शुक्रबार निवेदन दिएका हुन् ।
प्रतिक्रिया दिनुहोस