२०८३, जेठ २८ गते

बिहिवार, जेठ २८ गते २०८३

कोइराला निवास अवलोकनपछि नेता शर्माको प्रतिक्रिया- 'ऐतिहासिक धरोहरमाथिको हमला लोकतन्त्रप्रति आक्रमण'

शुक्रवार , कार्तिक २८, २०८२

काठमाडौं । नेपाली कांग्रेसका पूर्व सांसद डा. सुनिल शर्माले आज विराटनगरस्थित ऐतिहासिक कोइराला निवास अवलोकन गरेका छन्। कोइराला निवास जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट क्षतिग्रस्त बनेको थियो ।

कोइराला निवासको अवलोकनपछि उनले लोकतन्त्रको जन्मयात्रासँग प्रत्यक्ष जोडिएको यो ऐतिहासिक घरमाथिको आक्रमणलाई अत्यन्तै दुर्भाग्यपूर्ण र अमानवीय घटनाको रुपमा प्रतिक्रिया दिएका छन्।

नेता शर्माले सामाजिक सञ्जालमा लेखेका छन्, “राणाहरुको जहानियाँ शासनविरुद्ध विद्रोहको आवाज उठाई लोकतान्त्रिक प्रणालीलाई संस्थागत गर्दै जनताको सर्वमान्यता स्थापित गर्न सुरुवाती विगुल फुक्न योगदान पुर्‍याएको परिवारको ऐतिहासिक धरोहरलाई ‘जेनजी आन्दोलन’को नाममा मेटाउन खोज्ने छद्मभेषीहरूको प्रहार लोकतन्त्रप्रति नै आक्रमण थियो।”

उनले यस्ता धरोहरहरूलाई पुनर्जीवित गरी संग्रहालयको रूपमा भावी पुस्तालाई हस्तान्तरण गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।

कोइराला निवास केवल एउटा घरको संरचना मात्र होइन—राणाशासनविरुद्धको विद्रोह सँगालिएको, बीपी कोइराला, गिरिजाप्रसाद कोइराला लगायतका अग्रजहरूले लोकतान्त्रिक परिवर्तनको मार्गचित्र तयार पारेको पवित्र ऐतिहासिक स्थल हो।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट