logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • लुम्बिनीको बजेट अधिवेशन आजदेखि सुरु, मुख्यमन्त्रीविरूद्व अविश्वासको प्रस्ताव पेश हुन सक्ने

    लुम्बिनीको बजेट अधिवेशन आजदेखि सुरु, मुख्यमन्त्रीविरूद्व अविश्वासको प्रस्ताव पेश हुन सक्ने

    5.3K
    Shares

    काठमाडौं । लुम्बिनी प्रदेश सभाको बजेट अधिवेशन (आठौँ अधिवेशन) आजदेखि शुरु हुँदैछ । प्रदेश सभा सचिवालयले जनाए अनुसार दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने र दलका तर्फबाट शुभकामना मन्तव्य राख्ने कार्यसूची रहेको छ । 

    गत वर्ष ३६ अर्ब ३५ करोडको बजेट ल्याएको लुम्बिनी प्रदेश सरकारले यो वर्ष पनि त्यही हाराहारीमा बजेट ल्याउने तयारी गरेको छ ।

    आजको बैठकमा सभामुख पूर्णबहादुर घर्तीले कानुन विपरीत मुख्यमन्त्री शंकर पोखरेलविरूद्व अविश्वासको प्रस्ताव पेश गर्ने आशंका गरेको छ । तर, विपक्षी दलले सरकारले संसद अन्त गरी अध्यादेशबाट बजेट ल्याउने आशंका गरेको छ । 

    कोरोना महामारी नियन्त्रणदेखि मुख्यमन्त्रीको राजीनामा सम्मको कुरा बैठकमा हुने विपक्षी नेताहरुले बताएका छन् । मुख्यमन्त्री पोखरेलले जालझेल गर्दा पनि बहुमतको अवस्थामा रहन नसकेको ठहर विपक्षी गठबन्धनको छ ।

    सभामुख घर्तीले विपक्षी गठबन्धनले प्रदेशसभामा दर्ता गरेको अविश्वासको प्रस्तावमा संसदमा अगाडि बढाउने धारणा यसअघि नै सार्वजनिक गरेका थिए ।

    गएको बैशाख ६ गते अविश्वासको प्रस्ताव दर्ता गरेकोमा मुख्यमन्त्री पोखरेलले बैशाख १९ गते बोलाइएको संसद बैठक बस्न नपाउदै अर्कै बाटोबाट मुख्यमन्त्री नियुक्त भएपछि विपक्षी गठबन्धनमा तीव्र असन्तुष्ट रहदै आएको छ । दोश्रो पटक अविश्वासको प्रस्ताव दर्ता भएकोमा त्यसलाई पनि संसद्मा प्रवेश गराइएको छैन । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend