२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

टक्सार ग्रुप अफ कम्पनीद्वारा दरबारमार्गमा स्टारबोस कफीको आउटलेट सञ्चालनमा

बुधवार , मंसिर ३, २०८२

काठमाडौं । काठमाडौंको दरबारमार्गमा स्टारबोस कफीको आउटलेट सञ्चालनमा ल्याइएको छ । तीन करोड रुपैयाँ लगानीमा उक्त कफीको आउटलेट सञ्चालनमा ल्याइएको हो ।

टक्सार ग्रुप अफ कम्पनीले सञ्चालनमा ल्याएको उक्त कफीको आउटलेटको नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले उद्घाटन गरे । यस्तै पूर्व मिस नेपाल नम्रता श्रेष्ठलाई ब्राण्ड एम्बेस्डरमा नियुक्त गरिएको छ ।

उद्घाटन समारोहमा कम्पनीका अध्यक्ष श्रीकृष्ण श्रेष्ठले अन्तर्राष्ट्रिय स्तरको अनुभव दिने उद्देश्यले यो आउटलेट सञ्चालनमा ल्याएको बताए । उनले आगामी दिनमा कफीको आउटलेट काठमाडौंको तीनकुने र ललितपुरको इमाडोलमा पनि सञ्चालनमा ल्याउने बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ