२०८३, जेठ २८ गते

बिहिवार, जेठ २८ गते २०८३

बानेश्वर बहुमुखी क्याम्पस प्रविधिमैत्री बन्दै, स्ववियूको पहलमा डिजिटल परिचय पत्र र प्रिन्ट सेवा सुरु

शुक्रवार , मंसिर ५, २०८२

काठमाडौं । स्वतन्त्र विद्यार्थी यूनियन बानेश्वर बहुमुखी क्याम्पसको पहलमा क्याम्पसमा डिजिटल परिचय पत्र वितरण तथा डिजिटल प्रिन्ट सेवा उद्घाटन भएको छ। क्याम्पस सञ्चालक समितिका अध्यक्ष हरिवोल भट्टराईको प्रमुख आतिथ्यतामा विद्यार्थीहरुलाई डिजिटल परिचयपत्र वितरण तथा डिजिटल प्रिन्ट सेवा उद्घाटन कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा स्ववियू अध्यक्ष भुमिराज अधिकारीले अध्यक्षता ग्रहण गरेका थिए। त्यसै गरी विशेष अतिथिको रुपमा क्याम्पस प्रमुख डा. घमानसिंह खड्काले गरेका थिए।

कार्यक्रममा अतिथिको रुपमा संस्थापक क्याम्पस प्रमुख केदार न्यौपाने, अतिरिक्त क्रियाकलाप प्रमुख डा. कृष्णदेव यादवको रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै क्याम्पस संचालक समिति अध्यक्ष हरिवोल भट्टराईले क्याम्पसलाई आधुनिक र प्रविधिमैत्री बनाउने लक्ष्यप्रति आजको कार्यक्रमले महत्वपूर्ण प्रगति देखाएको छ। डिजिटल परिचय पत्र प्रणाली लागू हुनु, डिजिटल प्रिन्ट मेसिन स्थापना हुनु यी सबै स्ववियूको पहल, प्रतिबद्धता र सहकार्यको उत्कृष्ट उदाहरण रहेको अध्यक्ष भट्टराईले बताए । भविष्यमा पनि क्याम्पस विकासका योजनामा विद्यार्थी नेतृत्वको सक्रिय भूमिका निरन्तर अपेक्षित रहेने बताए।

त्यसै गरी कार्यक्रमलाई सम्बोधन गर्दै क्याम्पस प्रमुख डा. घमानसिंह खड्काले डिजिटलिकरणलाई क्याम्पस सुधारको आधारस्तम्भको रूपमा उल्लेख गर्दै शैक्षिक गुणस्तरसँगै सेवामा सहजता र पारदर्शिता वृद्धि गर्नु अहिलेको आवश्यकता रहेको बताए। डिजिटल परिचय पत्र र क्याम्पसमै उपलब्ध प्रिन्ट सेवाले विद्यार्थीहरूलाई निकै सुविधा प्रदान गर्ने उल्लेख गर्दै क्याम्पस प्रशासन विद्यार्थीमैत्री सेवाको विस्तारमा निरन्तर प्रतिबद्ध रहेको बताए। साथै स्ववियूसँगको सहकार्य अझ मजबूत हुँदै जाने उनले बताए।

स्ववियू अध्यक्ष भुमिराज अधिकारीले विद्यार्थीहरूले दैनिक रूपमा भोग्दै आएका सेवा–सुविधासम्बन्धी समस्यालाई समाधान गर्न स्ववियू निरन्तर सक्रिय रहेको बताए। डिजिटल परिचय पत्र र डिजिटल प्रिन्ट सेवा क्याम्पसमै उपलब्ध गराउनु हाम्रो प्राथमिकता थियो, जुन आज सफलतापूर्वक लागू भएको छ। आगामी दिनमा पनि स्ववियूले विद्यार्थी हितका कार्यक्रम, सुधारका पहल र आवश्यक मागहरू क्याम्पस प्रशासन तथा सञ्चालक समितिसँग समन्वय गर्दै अघि बढ्ने बताए ।

कार्यक्रममार्फत विद्यार्थीहरूलाई आधुनिक, सुरक्षित र दिगो पहिचान प्रणाली तर्फ अभिमुख गराइएको छ।

यससँगै, क्याम्पसमा नै डिजिटल प्रिन्ट मेसिन सञ्चालनमा ल्याइएको जानकारी साथै सार्वजनिक गरिएको छ, जसबाट अब विद्यार्थीहरूले आफ्ना परिचय पत्र तथा आवश्यक कागजातहरू छिटो, सहज र पारदर्शी ढंगले प्राप्त गर्न सक्नेछन्।

स्ववियूको यो पहलले क्याम्पसमा सेवा प्रवाहलाई डिजिटलिकरण गर्दै विद्यार्थीमैत्री वातावरण निर्माण गर्न महत्वपूर्ण योगदान पुर्याएको छ। स्ववियूले क्याम्पस सेवाहरूलाई प्रविधिमैत्री बनाउन यो कदमलाई महत्वपूर्ण सुरुवातका रूपमा लिएको छ।

कार्यक्रममा प्रध्यापकहरु, स्ववियु पदाधिकारी, सदस्यहरु विद्यार्थीहरु लगाएतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट