काठमाडौं । ऊर्जा, भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री कुलमान घिसिङको पहलमा हेटौंडा बजार क्षेत्रको सडक सीमा खाली गराउने प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ।
बिहीबार हेटौंडा उपमहानगरपालिका प्रमुख मिना कुमारी लामा, मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारी, उपमहानगरपालिकाका वडा अध्यक्षलगायत सरोकारवालाबीच भएको छलफलपछि सडक सीमा खाली गर्ने निर्णय अघि बढाइएको हो।
योजनाअनुसार महेन्द्र राजमार्ग र त्रिभुवन राजपथ अन्तर्गत पर्ने हेटौंडा बजार क्षेत्रको अतिक्रमण हटाउन शुक्रवार सडक डिभिजन हेटौंडाले सूचना जारी गरेको छ। सार्वजनिक सूचनासँगै सडक सीमा खाली गराउने कार्य औपचारिक रुपमा प्रारम्भ भएको बताइएको छ।
सडकको दायरा कायम राख्न तथा यातायात सुचारु बनाउन सरकारले यो कदम अघि बढाएको हो।

प्रतिक्रिया दिनुहोस