२०८३, जेठ २८ गते

बिहिवार, जेठ २८ गते २०८३

दाङबाट पाल्पा भ्रमणका लागि आएको विद्यार्थी बोकेको बस दुर्घटना, एघार जना घाइते

शुक्रवार , मंसिर ५, २०८२

पाल्पा । पाल्पाको तानसेनमा विद्यार्थी बोकेको बस आज बिहान दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । दाङको राजपुरस्थित साधारण नमुना माविबाट विद्यार्थी लिएर पाल्पा भ्रमणका लागि आएको ना५ख १०८९ नम्बरको बस बिहान करिब ६ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीका अनुसार घाइते सबैलाई तानसेनस्थित युनाइटेड मिसन अस्पताल पुर्याइएको छ । उनीेहरुको अवस्था सामान्य छ ।

रानीमहल जाने क्रममा तानसेन नगरपालिका–१३ बैकण्ठे भिर नजिकै बस अनियन्त्रित भएर बस सडकको भित्तामा ठोक्किन पुगेको चौधरीले बताए ।

दुर्घटनामा परी घाइते हुनेहरूमा दाङ राजपुर गाउँपालिका–४ का ४० वर्षीय शत्रुघन गुप्ता, घोराही उपमहानगरपालिका–११ का २२ वर्षीय दामोदर रेउले, बस चालक घोराही–१४ का ३५ वर्षीय सन्तोष ढकाल, राजपुर गाउँपालिका–५ की १२ वर्षीय सन्ध्या भण्डारी, राजपुर गाउँपालिका–६ की १८ वर्षीय दिल कुमारी रावत छन् ।

यसैगरी राजपुर–६ की १० वर्षीय सन्तोषी चौधरी, १९ वर्षीय अजय नेपाली, राजपुर–५ की २३ वर्षीय सिर्जना यादव, १३ वर्षीय आयूष भण्डारी, १५ वर्षीय अभिषेक यादव र घोराही–९ का ३५ वर्षीय बसन्त योगी सामान्य घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि मिसन अस्पताल तानसेन पठाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट