२०८३, जेठ २८ गते

बिहिवार, जेठ २८ गते २०८३

प्रतिनिधि सभा विघटन र निर्वाचन घोषणापछि देशभर ८ लाख ३७ हजार नयाँ मतदाता थपिए

शनिवार , मंसिर ६, २०८२

काठमाडौं । जेनजी आन्दोलनपछि प्रतिनिधि सभा विघटन र निर्वाचन घोषणा भएको समयको मतदाता नामावली संकलनमा ८ लाख ३७ हजार ९४ नयाँ मतदाता थपिएका छन्।

निर्वाचन आयोगका अनुसार ९ असोजदेखि ५ मंसिरसम्म चलाइएको खुला नामावली संकलनमा पुरुष चार लाख ७३ हजार ३४५, महिला तीन लाख ६३ हजार ७७८ र अन्य ६१ मतदाता थपिएका छन्।

आयोगले थप मतदातामध्ये तीन लाख ४४ हजार ९१४ जना नियमित प्रक्रियाबाट र चार लाख ९२ हजार १८० जना राष्ट्रिय परिचयपत्रको बायोमेट्रिक प्रणालीबाट दर्ता भएको जनाएको छ।

यसअघि १६ कात्तिकसम्म कुल मतदाता संख्या एक करोड ८१ लाख ६८ हजार २३० रहेको थियो। आयोगले नयाँ मतदाता विवरण सार्वजनिक गर्दै निर्वाचन तयारीलाई गति दिन थालेको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट