काठमाडौं । सरकार र दुर्गा प्रसाइँ नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’बीचका वार्तापछि आजका लागि घोषणा गरिएको नेपाल बन्द तथा अनिश्चितकालीन आमहड्ताल फिर्ता लिइएको छ।
गृहमन्त्री ओमप्रकाश अर्याल सहित सरकारी टोली र महाअभियानका सचिव प्रेमदीप लिम्बु नेतृत्वको समूहबीच भएको वार्तामा बन्द कार्यक्रम स्थगित गर्ने समझदारी बनेको हो। वार्तामा महाअभियानले अघि सारेका २७ बुँदे मागबारे विस्तृत छलफल गरिएको थियो।
शान्ति–सुरक्षा अवस्थालाई ध्यानमा राख्दै उठाइएका मुद्दाहरू सम्बोधन गर्न सरकारले निरन्तर संवाद र सहजीकरण गर्ने सहमति भएको सरकारका प्रतिनिधिहरूले बताएका छन्। अर्को चरणको वार्ता महाअभियानको शीर्ष नेतृत्वसहित चाँडै बस्ने सहमति समेत बैठकमा बनेको छ।
वार्तामा महाभियानतर्फबाट अधिवक्ताद्वय विनोदमणि भट्टराई, लवण न्यौपाने र डा. नीराजन प्रसाईँ तथा सरकारतर्फबाट प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल र सल्लाहकार गोविन्दनारायण तिमिल्सिना सहभागी थिए।
प्रतिक्रिया दिनुहोस